Connect with us
Kapilvast Forest

सडक निर्माणस्थलका ४ स्काभेटरमा आगजानी

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

खोटाङ : खोटाङमा चारवटा स्काभेटरमा आगजानी भएको छ। निर्माणस्थलमा राखिएको गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको स्काभेटरमा शनिबार राति आगजानी भएको हो।

मध्य पहाडी लोकमार्गअन्तर्गत दिक्तेल-चखेवाभञ्ज्याङ खण्ड कालोपत्रेको काम गरिरहेको गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको स्काभेटरमा आगजनी भएको हो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पा चिउरी डाँडाको लप्सेखोला र पंखुखोलाबीचमा राखिएका तीनवटा र चखेवाभन्ज्याङबाट २ किलोमिटर भोजपुरतर्फ राखिएको एउटा स्काभेटरमा आगजनी भएको कम्पनीका प्रतिनिधि आङसाङगे शेर्पाले बताए।

प्रतिनिधि शेर्पाका अनुसार पेट्रोल हालेर जलाइएका चारवटै स्काभेटर कामै नलाग्ने अवस्थामा रहेको छ। प्रतिगोटा ९० लाख पर्ने स्काभेटर पूर्णरुपमा जलेर नष्ट हुँदा लाखौको क्षति भएको छ। आगजनी कसले गरेको हो खुल्न सकेको छैन। स्काभेटर आगजनीमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu