मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
काठमाडौं-
मानव बेचबिखन तथा ओसार पसार मुद्दामा फरार रहेका प्रतिवादी राजन तिमल्सिनालाई १६ वर्षपछि पक्राउ परेका छन् ।काठमाडौं सुन्दरीजलका तिमल्सिनाले तत्कालीन हाज्मा कम्पनी सिन्धुलीमा काम गर्ने क्रममा उक्त कम्पनीमै पियनको काम गर्ने ३० वर्षीया कमलामाई १४० ९परिवर्तित नाम लाई विवाह गर्ने आश्वासन दिएर भारतमा लगेर बेचेको आरोप छ ।
पीडितको दिदीले बहिनीलाई बेचेको किटानी जाहेरी दिएपछि फरार भएका तिमल्सिनालाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका(२ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मंगरबार पक्राउ गरेको हो ।तिमल्सिनालाई जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।