Connect with us
Kapilvast Forest

कपिलवस्तुमा बस दुर्घटना हुदा २९ जना घाईते ३ को अवस्था गम्भीर (नामावली सहित)

२०८२, २९ असार आईतवारमा प्रकाशित

कपिलवस्तु –

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ को बेलनदी नजिकै यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा घाइते भएका सबैको पहिचान खुलेको छ । काठमाडौं बाट दाङकोलागी छुटेको  लु प्र ०२–००१ ख ००४५ नम्बरको बस आज बिहान चार बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरीका अनुसार बसमा ३० जना सवार थिए भने  २९ जना घाइते भएका छन् । उनीहरु सबैको पहिचान खुलेको छ । उनीहरुलाई उद्धार गरी शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको संजिवनी सामुदायिक अस्पतालमा उपचार भैरहेको छ  । घाइते मध्येकेहीलाई त्यहाँबाट बुटवल रिफर गरिएको प्रहरी को भनाई छ । घाइते भएका २९ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । अन्य २० जनाको अवस्था मध्यम र ६ जना सामान्य घाइते भएका छन  । दुर्घटनापछि सडक एकतर्फीमात्रै सञ्चालन भएको र बस हटाउने पहल भइरहेको छ । दुर्घटना को कारण भने नखुलेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बुटवल रिफर भएका घाइतेहरु

१-जि.सल्यान बागचौर न.पा.१० बस्ने वर्ष ७७ कि देबी बुढाथोकी टाउको र शरीरको विभिन्न भागमा चोट (गम्भीर) ।
२-जि.सल्यान सारदा न.पा.१२ बस्ने वर्ष ५६ को मोहनलाल बुढाथोकी टाउकोमा चोट (गम्भीर)
३-जि.दाङ तुलसीपुर उ.म.न.पा.११ बस्ने वर्ष ३५ को श्रीधर अधिकारी बाँया हातमा चोट (गम्भीर)

चन्द्रौटामा उपचाररत घाइतेहरू

४-जि.रुकुम पश्चिम आठबिसकोट न.पा.८ ज्यामिरे बस्ने वर्ष २८ को मोतिलाल एरी टाउको र हातमा चोट अवस्था मध्यम ।
५-जि.सोलुखुम्बु सोताङ गा.पा.३ बस्ने वर्ष २१ को कोसिस गौतम टाउको र हातमा चोट अवस्था मध्यम ।
६-जि.सल्यान चिद्द कुमाउ गा.पा.२ बस्ने वर्ष १९ को अनिता चलाउने टाउको र हातमा चोट अवस्था मध्यम ।
७-जि.दाङ घोराही उ.म.न.पा.१८ बस्ने वर्ष ५२ कि सचिला नेपाली टाउको र हातमा चोट अवस्था मध्यम ।
८-जि.अर्घाखाँची सितगंगा न.पा.८ बस्ने वर्ष ६० कि टुककुमारी श्रेष्ठ टाउको र हातमा चोट अवस्था मध्यम ।
९-जि.सल्यान बागचोर न.पा.१० बस्ने वर्ष २५ को चित्रप्रसाद धिताल टाउको र हातमा चोट अवस्था मध्यम ।
१०-जि.रोल्पा परिवर्तन गा.पा.३ वर्ष बर्ष ३१ को ओमप्रकाश खड्का टाउको र हातमा चोट अवस्था मध्यम ।
११-जि.दाङ राप्ती गा.पा.४ बस्ने वर्ष २८ कि रुपा चौधरी टाउको र हातमा चोट अवस्था मध्यम ।
१२-जि.रोल्पा गंगादेव गा.पा.३ बस्ने बर्ष ३९ को हेमराज वली टाउको र हातमा चोट अवस्था मध्यम ।
१३-जि.पर्वत मादी गा.पा.३ वर्ष ३९ को खड्क ब.पुन टाउको र हातमा चोट अवस्था मध्यम ।
१४-जि.सल्यान छत्रेश्वरी गा.पा.१ बस्ने वर्ष ४३ को भीमबहादुर बि.क. टाउको र हातमा चोट अवस्था मध्यम ।
१५-जि.सल्यान बागचौर न.पा.४ बस्ने बर्ष ४० को ईन्द्र ब.बि.क. टाउको र हातमा चोट अवस्था मध्यम ।
१६-जि.दाङ तुलसीपुर उ.म.न.पा.११ बस्ने वर्ष २१ ललित शर्मा टाउको र हातमा चोट अवस्था मध्यम ।
१७-जि.रोल्पा गंगादेव गा.पा.३ बस्ने वर्ष ३१ सन्दिप वली टाउको र हातमा चोट अवस्था मध्यम,ऐ.०६:१० बुटवल रिफर
१८-जि.डढेल्धुरा आलीताल गा.पा.४ बव बर्ष २२ को बिशाल बोहोरा टाउको र हातमा चोट अवस्था मध्यम ।
१९-जि.दाङ दंगिशरण गा.पा.२ बस्ने वर्ष २४ कि शर्मिला नेपाली टाउको र हातमा चोट अवस्था मध्यम ।
२०-जि.सल्यान छत्रेश्वरी गा.पा.३ बस्ने वर्ष ४२ कि रस्मी बोहोरा टाउको र हातमा चोट अवस्था मध्यम ।
२१-जि.दाङ घोराही उ.म.न.पा.११ बस्ने वर्ष ३९ को बेद बहादुर वली टाउको र हातमा चोट अवस्था मध्यम ।
२२- जि.दाङ घोराही उ.म.न.पा.१ बस्ने वर्ष ३० महेन्द्र दराई हात खुट्टामा चोट अवस्था सामान्य ।
२३-जि.दाङ तुलसीपुर उ.म.न.पा.१२ बस्ने वर्ष ४० को धनराज गौतम खुट्टामा चोट अवस्था सामान्य ।
२४-जि.ऐ.ऐ.बस्ने वर्ष १५ को आधार गौतम दाया हात फ्याक्चर अवस्था मध्यम । ऐ.०६:१० बुटवल रिफर
२५-जि.दाङ घोराही उ.म.न.पा.११ बस्ने वर्ष ३५ कि सिता बस्नेत ढाड र खुट्टामा चोट अवस्था मध्यम ।
२६-जि.सल्यान बागचौर न.पा.१० बस्ने वर्ष ३७ कि निशा के.सी.हातमा चोट सामान्य ।
२७-ऐ.ऐ.बस्ने वर्ष २२ को सन्तोष शर्मा हात खुट्टामा चोट सामान्य ।
२८ जि.दाङ बबई गा.पा.६ बस्ने वर्ष ३३ को रमेश सुनार सामान्य ।
२९ जि.दाङ तुल्सीपुर उ.म.न.पा.११ बस्ने वर्ष ३७ को लेखराज पाण्डे सामान्य

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu