Connect with us
Kapilvast Forest

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

२०८२, ३० असार सोमबारमा प्रकाशित

काठमाडौँ –

मोरङको बेलबारीमा आइतबार जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट बेलबारी- ८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। आइतबार बिहान घरनजिकको खेतमा पानी लगाउन गएका वेला हात्तीले अमिनालाई आक्रमण गरेको थियो। आक्रमणबाट  गम्भीर घाइते भएकी अमिनालाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पठाइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक कोपिला चुडालले जानकारी दिइन्

यो स्थान पूर्वपश्चिम राजमार्गबाट दक्षिणको गाउँ हो । राजमार्गको दक्षिणतर्फ डेढ किलोमिटर मात्र जङ्गल पर्छ। जङ्गलबाट गाउँ पसेर हात्तीले आक्रमण गरेपछि स्थानीय बासिन्दा त्रासमा छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu