Connect with us
Kapilvast Forest

भालुको आक्रमणबाट दुई सशस्त्र प्रहरी घाइते

२०७६, १६ मंसिर सोमबारमा प्रकाशित

bhalu

रसुवा, मंसिर १६-रसवामा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा एवं राजश्वगस्ती २१ नम्बर गुल्म तिमुरेका दुई जना सशस्त्र प्रहरी भालुको आक्रमणबाट घाइते भएका छन् ।

व्यारेकको खानेपानी व्यवस्थापन गर्ने काममा खटिएका उनीहरु भालुको आक्रमणका परेका हुन् । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीकाअनुसार घाइते हुनेमा सहायक हवल्दार वीरबहादुर थिङ र प्रहरी जवान किरण तामाङ रहेका छन् ।

आक्रमणमा पर्ने रसुवा नौकुण्ड गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका सहायक हवल्दार थिङको टाउकोमा गम्भीर चोट लागेको छ । भने नुवाकोट सुर्यगढी गाउँपालिका १ घर भएका प्रहरी जवान तामाङको अवस्था सामान्य रहेको बताइएको छ ।

रातको समयमा हेलिकप्टर नआउन सक्ने भएका कारण उपचारका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj