Connect with us
Kapilvast Forest

बागमतीका चार मन्त्रीले दिए राजीनामा , मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिँदै

२०८२, १० श्रावण शुक्रबारमा प्रकाशित

हेटौंडा –

बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन्। युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन्।बागमती प्रदेश सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा विवाद उत्पन्न भएपछि कांग्रेसकै मन्त्रीहरू असन्तुष्टि भएका थिए। उनीहरूले मुख्यमन्त्री बहादुर सिंह लामा र अर्थमन्त्री कुन्दनराज काफ्लेले आफ्नो क्षेत्र निकट बजेट खन्याएको आरोप लगाएका थिए।

राजीनामा दिएका चारै जना मन्त्रीले केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए।  महर्जनले प्रदेश सरकारको एक वर्ष असफल भइसकेको बताएका छन्।

उनले अर्थमन्त्री काफ्लेले बजेट निर्माणको क्रममा लापरबाही गरेको आरोप लगाए। ‘बजेट विवादको विषय यहाँहरूलाई थाहा नै छ। यस्तो असफल सरकारमा बस्नुभन्दा राजीनामा दिएकै बेस भनेर चारैजना मिलेर राजीनामा दिएका हौँ’, उनले भने , ‘अब हामी मुख्यमन्त्री विरुद्धपनि अविश्वासको प्रस्ताव दर्ता गर्दैछौँ। ’

३७ जना कांग्रेस सांसद रहेको बागमती प्रदेशमा २४ जना सांसदहरूले संसदीय दलमा हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ताका तयारीमा रहेको उनले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu