Connect with us
Kapilvast Forest

प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित

२०८२, १० श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं –

प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित भएको छ ।शुक्रबारको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक आगामी १९ साउन दिउँसो १ बजे बस्ने जानकारी दिए ।शुक्रबारको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमाथि छलफल भयो । छलफलपछि सभाले यो विधयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यो सँगै अब ७२ घण्टाभित्र सांसदहरूले विधेयकमाथि संशोधन प्रस्ताव राख्न सक्दछन् ।

यो विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको विधेयक हो ।प्रस्तावित विधेयकमा तिलगंगा नेत्र विश्वविद्यालय नेपाल आँखा कार्यक्रम र अन्धोपन निवारण समाजको सम्पत्ति तिलगंगा नेत्र विश्वविद्यालयमा सार्ने लगायतका प्रावधान छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu