Connect with us
Kapilvast Forest

बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

२०८२, ११ श्रावण शनिबारमा प्रकाशित

काठमाडौँ –

 झापाको दमक-४ चियाबगाननजिकै शनिबारबिहान सवारी दुर्घटनामा परी साइकलयात्रीको मृत्यु भएको छ।  दमक-४ घरघरेका ६० वर्षीय सोमबहादुर विकको मृत्यु भएको हो।पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १-०१-००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकलयात्री विकलाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते भएका विकलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको खड्काले बताए। ठक्कर दिने बसका चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–७ का ४७ वर्षीय  राजेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu