ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु
भक्तपुर । ट्रिपरको ठक्करबाट भक्तपुरमा एकजनाको ज्यान गएको छ । भक्तपुर नगरपालिका १ सृजनानगर स्थित राधे राधेबाट सल्लाघारी आउने सर्भिस ट्रयाकमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक पैदल यात्रीको मुत्यु भएको हो ।
मृत्यु हुनेमा उदयपुर साविक हडिया गाविस ५ हाल चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर विक रहेका छन् । घाइते अवस्थामा रहेका विकको उपचारको क्रममा मृत्यु भएको हो ।
घटनापछि प्रहरीले अनुसन्धानका लागि तिनकुनेबाट बा ३ ख २५३१ नं. काे ट्रिपर र ट्रिपर चालक काभ्रे महाभारत गाउँपालिका ८ का ३० वर्षीय सिद्धिमान तामाङलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक रेवतीरमण पोख्रेलले जानकारी दिनुभयो ।