Connect with us
Kapilvast Forest

चन्द्रौटामा चोरी गर्ने अभियुक्त पक्राउ

२०८२, १२ श्रावण आईतवारमा प्रकाशित

कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
गत साउन  ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो।

फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास सञ्चालन गरेको थियो।
अनुसन्धानकै क्रममा लमही नगरपालिका–४ अर्नवा निवासी ३२ वर्षीय टोपेन्द्र सिंह ठकुरीलाई शिवराज नगरपालिका–१ बनकट्टाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

शंकास्पद अवस्थामा फेला परेका ठकुरीसँग गरिएको सोधपुछमा उनले चोरी गरिएका गरगहना आफ्नै घरमा लुकाएर राखेको स्वीकार गरेका थिए।
घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि जिल्ला अदालत कपिलवस्तुको अनुमति प्राप्त गरी अभियुक्तलाई ८ दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu