देवा थापाको चौतर्फी चर्चा, भारतको कर्नालमा भब्य सम्मन
कपिलवस्तु –
देवा थापा नेपालका चर्चित कुश्ती (पहलवान) हुन्, जसले भारतका विभिन्न दंगल तथा मेला प्रतियोगितामा आफ्नो बलियो खेल प्रदर्शन गरेर ठूलो नाम कमाएका छन्। उनी पाल्पा (जमिरे), नेपालका बासिन्दा हुन्। उनलाई आज हरियाना राज्यको कर्नालमा भब्य स्वागत गरिएको छ । उनलाई भारतको विभिन्न सहरमा बस्दै आएका नेपालीहरुले कर्नालमा स्वागत गरेका छन । देव थापाल देशको नाम चम्काउन सफल भएकोले उनलाई उच्च सम्मान गर्नुपर्ने सहभागी हरुले जनाएका छन ।
करियर र उपलब्धि
उत्तर प्रदेशमा भएको ठूलो दंगलमा भारतीय पहलवानहरूलाई हराउँदै “दंगल केसरी” उपाधि जितेका छन्।राजस्थान र उत्तर प्रदेशका थुप्रै प्रसिद्ध पहलवानहरू – जस्तै राजु, टोटला, कोल्टा आदिलाई पराजित गरेका छन्।
नेपालमा भएको खुमबहादुर खड्का कुश्ती च्याम्पियनसिप मा २०० भन्दा बढी प्रतियोगीलाई हराउँदै १७ किलोको चाँदीको गदा जितेका छन्।
खेल शैली
देवा थापाको खेल शैली परम्परागत कुश्ती र फ्रिस्टाइल कुश्ती (कसैले WWE शैली पनि भन्छन्) को मिश्रण हो।उनी आकर्षक र मनोरञ्जनात्मक खेलका कारण दर्शकबीच निकै लोकप्रिय छन्।
लोकप्रियता
भारतका बिहार, उत्तर प्रदेश र राजस्थान जस्ता राज्यका दंगल मेला हरूमा देवा थापाको खेल हेर्न ठूलो संख्यामा दर्शक आउँछन्।उनको युट्युब च्यानल DEVA THAPA VLOGS मा लाखौं दर्शक छन्, जहाँ उनी आफ्नो खेल र ब्लग अपलोड गर्छन्।