Connect with us
Kapilvast Forest

ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमतीका बरिष्ठ उपाध्यक्ष यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

२०८२, १३ श्रावण सोमबारमा प्रकाशित

काठमाडौ।  ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष  आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA थाईल्याण्ड पुरस्कार प्रदान गरिएको छ।

यो सम्मान संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद (ECOSOC) अन्तर्गत प्रदान गरिएको हो। UIPM संस्था Asia Pacific Quality Network (APQN), United Nations Global Compact, तथा Higher Education Sustainability Initiative (HESI) को गर्वित सदस्य समेत हो।

थाईल्याण्डको KIFF (Knowledge and Innovation for Future Foundation) को पहलमा आयोजना गरिएको यस कार्यक्रममा यादव संस्कृति तथा शिक्षा क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको मान्यता स्वरूप यो पुरस्कार प्रदान गरिएको हो।

यादव एक शिक्षाविद्, उद्यमी, तथा नेपालमा खेलकुद प्रवर्द्धनमा सक्रिय व्यक्तित्वको रूपमा परिचित छन् । उनकाे नेतृत्वमा हृत एकेडेमी शैक्षिक नवप्रवर्तन र उत्कृष्टताको केन्द्रको रूपमा स्थापित भएको छ भने, हिसान बागमतीमा उनकाे योगदानले संस्थागत समन्वय र विद्यार्थी क्रियाशीलता अझ सशक्त बनाएको छ।

उनलाई प्रदान गरिएको यो पुरस्कारले शैक्षिक विकाससँगै सांस्कृतिक पहिचानको संरक्षणप्रति उनको समर्पणलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ।यसले सम्पूर्ण नेपालका शिक्षक, शिक्षाविद् र शैक्षिक संस्थाहरुलाईथप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu