Connect with us
Kapilvast Forest

कुलिङ पिरियडमा गडबडी : छानबिन समितिको बैठक बस्दै

२०८२, १५ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं-

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक बस्दैछ ।सिंहदरबार राज्य व्यवस्था तथा सुशासन समितिको सभाहलमा बिहान ११ बजे बस्ने बैठकमा प्रतिवेदन लेखनको कार्यमाथि छलफल हुनेछ ।सोधपुछको कार्य अन्तिमतिर पुगेसँगै समिति प्रतिवेदन लेखनको कार्यमा जुटेको छ ।

गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई(दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक(एक जना रहेका छन् ।

समितिमा कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा ९एमाले० बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।समिति गठन हुँदा सभामुख देवराज घिमिरेको २१ दिनको समय दिएका थिए । उक्त समय अपुग भएको समितिले बताएपछि सात दिनको समय थप दिइएको छ । अब यही साउन १९ गतेसम्म छानबिन समितिले समय पाएको छ ।

समयमै काम सक्ने गरी समिति प्रतिवेदन लेखनको कार्यमा जुटेको हो । प्रतिनिधि सभाको बैठक साउन १९ गते बस्दैछ । उक्त बैठकमा छानबिन प्रतिवेदन पेस गर्ने समितिको तयारी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu