Connect with us
Kapilvast Forest

व्यावसायिक बाख्रापालनमा रमाएका जगबहादुर

२०८२, १८ श्रावण शनिबारमा प्रकाशित

म्याग्दी –

अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफल डाँडाका जगबहादुर फगामीले वैदेशिक रोजगारबाट फर्किएर सुरु गरेको बाख्रा पालनबाट आत्मनिर्भर बनेका छन्। रोजगारको शिलसिलामा तीन वर्ष मलेसियामा काम गर्नुभएका फगामीले कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि गाउँ फर्किएर बाख्रा पालन शुरु गरेका थिए।‘विदेशको ठक्करले गाउँ फर्किएर एउटा बाख्रा किनेर खेतीकिसानी गरेर परिवार चलाउनथालेको थिए, बाख्राले जुम्ल्याह पाठा पाठी जन्माउन थालेपछि बाख्राको सङ्ख्या बढ्दै गयो, पछि राम्चे बाबा समूहको ५३ वटा बाख्रा रु दुई लाखमा खरिद गरेर बाख्र पालनलाई व्यावसायिक बनाएको हुँ’, फगामीले भन्नुभयो। उहाँ अहिले गाउँमै उपलब्ध स्रोत, श्रम र सीपको सदुपयोग गर्दै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरणको पात्र बनेका छन्।

उनले विगत ६ वर्षदेखि बाख्र पालनलाई व्यवस्थित र व्यावसायिक बनाएका हुन्। फगामीले सञ्चालन गर्नुभएको ‘सुतारे एकीकृत कृषि तथा पशुपंक्षि फर्म’मा अहिले १५० वटा बाख्रा छन्। फर्ममा रहेका ४० वटा माउ बाख्रा व्याउने छन्। चाडपर्व र विभिन्न पूजा आजामा खसीबोका र पाठा पाठीको बिक्रीहुने गरेको छ। उत्पादन भएका खसीबोका गोठ र खोरबाटै बिक्री हुने गरेको बाख्रा पालक कृषक फगामीले जानकारी दिनुभयो। उहाँकाअनुसार, बाख्रा पालनबाट मासिक रु ४० हजारदेखि ५० हजारसम्म आम्दानी हुने गरेको छ। फर्ममा फगामी दम्पतीका साथै छोरा बुहारीले बाख्राको रेखदेख र स्याहार गर्दै आएका छन् भने चरन क्षेत्रमा लैजानका लागि एक जनालाई रोजगारिसमेत दिइएको छ। हिउँद याममा बेसीँका फाँटमा खेतवारीमा घाँस खुवाएर मल बनाउने बाख्रालाई जेठ लागेपछि भने ढरुवा, धौलापारा, साँधीखर्कलगायतका लेकाली क्षेत्रका वनजङ्गलमा चरनका लागि लैजाने गरिएको छ। बाख्रा पालनबाट स्वरोजगार र आत्मनिर्भर बनेका फगामीले बाख्र पालनसँगै भेडापालन गर्ने योजनासमेत बनाएका छन्।

बाख्रापालनलाई थप व्यवसायिक बनाउनका लागि अहिले खोरको क्षमता विस्तार गरिएको छ। आर्थिक वर्ष २०८१/०८२मा अन्नपूर्ण गाउँपालिकाले पशुपक्षीको लागि गोठखोर निर्माण योजनाबाट उपलब्ध गराएको अनुदानबाट करिब तीन सय बाख्रा पालनगर्न सक्ने क्षमताको खोर निर्माण गरिएको छ। गाउँपालिकाबाट प्राप्त भएको रु एक लाख ६६ हजार अनुदान रकममा आफूहरूले श्रमदान र नगद साझेदारी गरी करिब साढे तीन लाख लगानीमा व्यवस्थित खोर निर्माण गरिएको बाख्रा पालनक किसान फगामीका छोरा राजु फगामीले बताए।छोटो समयमै हुर्कने र अन्य पशुपक्षीको तुलनामा नगद आम्दानीसमेत बढी हुने भएकाले सिङ्गो परिवारले नै बाख्रा पालनलाई अङ्गालेका छन्। विभिन्न समयमा बाख्रामा आउने रोगको पहिचान गरी उपचार गर्न नसक्दा धेरै क्षति व्यहोरेका फगामी परिवारले हार नखाएर बाख्रापालनलाई निरन्तरता दिएकै कारण अहिले सफलता प्राप्त गरेका हुन्।

आलुसँगै अन्नबालीको खेती किसानीसमेत गर्दै आएपनि घरपरिवारको अन्य आम्दानीको स्रोत नहुँदासमेत बाख्र पालनबाटै भएको आम्दानीबाट परिवारले घरखर्च जुटाउँदै आएको फगामीले बताए। उत्पादन भएका खसीबोका र पाठा पाठीको उचित बजारको सुनिश्चित हुन सकेमा बाख्र पालनलाई अझँै व्यावसायिक बनाउने फगामी परिवारको योजना रहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu