Connect with us
Kapilvast Forest

माओवादीको बदनाम गर्दै अमेरिका छिर्नेमाथि कांग्रेसको निगरानी

२०८२, २२ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं-

माओवादीपीडित भन्दै अमेरिका जान नेपाली कांग्रेसको छाप र लेटरप्याड दुरुपयोग गरिएको खुलासा भएको छ । कांग्रेस जिल्ला कार्यसमिति रोल्पाले आज विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । विभिन्न व्यक्तिहरुले आफू कांग्रेसको सदस्य भएको र पार्टीको गतिविधिमा संलग्न हुँदा माओवादी कार्यकर्ताले दुःख, धम्की दिएर नेपाल बस्न नसक्ने अवस्था आएको बताएर  अमेरिकासहित विभिन्न देश जान गलत सिफारिस बनाएको बुझिएको विज्ञप्तिमा उल्लेख छ ।

‘माओवादी पार्टीका कार्यकर्ताले दुःख, धम्की दिएकोले नेपालमा बस्न नसकी जीवनरक्षाका लागि विदेश (अमेरिकालगायतका) देशमा आउनुपरेको भनि गलत सिफारिस बनाई सम्बन्धित देशमा पेश गरेको, गर्ने प्रक्रियामा रहेको बुझिएकाले सो सम्बन्धमा नेपाली कांग्रेस रोल्पाको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ । यसरी नक्कली सिफारिस बनाएर विदेश पुगेकाहरुमाथि सम्बन्धित देशमा रहेका पार्टीको जनसम्पर्क समितिको सहयोगमा खोजबिन भइरहेको कांग्रेसले जनाएको छ ।

‘सो सम्बन्धमा सबै देशका नेपालस्थित राजदूतावाससमेतमा पार्टीको तर्फबाट कुटनीतिक पहल गरी आवश्यक प्रक्रिया अगाडि बढाउने भएकाले त्यस्ता गलत क्रियाकलाप नगर्न नगराउन सम्बद्ध सबैलाई यसै विज्ञप्तिमार्फत सूचित गराइएको छ,’ भनिएको छ ।

साभार जनआस्था

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu