Connect with us
Kapilvast Forest

जनकपुरमा रेल र कार ठोक्किए

२०८२, २६ श्रावण आईतवारमा प्रकाशित

जनकपुरधाम-

जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएका छन् ।बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको हो ।घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

रेल भांगहा तर्फबाट जनकपुरतर्फ जाँदै थियो । सोही क्रममा थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj