Connect with us
Kapilvast Forest

बागलुङ दुर्घटनाका मृतकको परिचय खुल्यो (अपडेट)

२०७६, १७ मंसिर मंगलवारमा प्रकाशित

बागलुङ । गुल्मीबाट कुलपुजाको लागि बागलुङको देविस्थान जाँदै गरेको जिप दुर्घटनाका मृतकहरुको परिचय खुलेको छ । मंगलबार बिहान ग १ ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जनतासमाचारलाई जानकारी दिनुभयो ।

जिपमा सवार १८ मध्ये ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा एक जना पुरुष, एक जना महिला र एक जना शिशु घाइते छन् । उनीलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

मृत्यु हुनेहरु
– रेशम थापाचालक, २५ वर्षीय, गुल्मी इस्मा गाउँपालिका-५
-माया थापा, २३ वर्षीया, गुल्मी इस्मा गाउँपालिका-५

-वसुन्धरा कार्की, ४० वर्षीय, इस्मा गाउँपालिका-५
– झुमा कार्की, नवलपरासी वर्दघाट
– लक्ष्मी केसी, ५५ वर्षीय, बागलुङ बडिगाड-५
– सीता कार्की, ४० वर्षीय इस्मा -५ गुल्मी
– तुलसी कार्की, इस्मा
– भूमि कार्की ४५ वर्षीय, इस्मा
– मीना कार्की २५ वर्षीय, इस्मा गुल्मी
– धनबहादुर कार्की इस्मा गुल्मी
– झवि कार्की, ४० वर्षीय, इस्मा गुल्मी

–सुचना कार्की

अन्दाजी ५ वर्षीय बालिकासहित एकजनाकाे  परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूकाे नाम

–जीवन कार्की, नवलपरासी वर्दघाट

–नीमा कार्कीखत्री, राेल्पा घर इस्मा माइती

–हिमाल कार्की, इस्मा गुल्मी

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu