Connect with us
Kapilvast Forest

चन्द्रौटामा वेलकम फेमिली रेष्टुरेन्टको भव्य उद्घाटन

२०८२, ३१ श्रावण शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल,
कपिलवस्तु — अब खानाको स्वाद र सेवामा नयाँ अनुभव लिन चन्द्रौटावासीलाई टाढा जानुपर्ने छैन । शिवराज नगरपालिका–५, सहजचोक पेट्रोल पम्प नजिकै वेलकम फेमिली रेष्टुरेन्ट भव्य रूपमा सञ्चालनमा आएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री अर्जुन कुमार केसीले चन्द्रौटामा वेलकम फेमिली रेष्टुरेन्टको भव्य उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी, व्यवसायी र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

रेष्टुरेन्टका सञ्चालक चिरञ्जीवी थापाले वेलकम फेमिली रेष्टुरेन्टले ‘पुरानो स्वाद, नयाँ अनुभव’को भावनासहित ग्राहकलाई सेवा दिने बताउनु भयो ।

स्वच्छ वातावरण, परिवारमैत्री माहोल, ताजा र स्वादिष्ट परिकार तथा आतिथ्यपूर्ण सेवाकै कारण यो रेष्टुरेन्ट चन्द्रौटाको नयाँ गन्तव्य बन्ने सन्चालक थापाले विश्वास व्यक्त गरेका छन ।

खुला, आरामदायी र पारिवारिक भेटघाटका लागि आदर्श स्थानका रूपमा वेलकम फेमिली रेष्टुरेन्टले चन्द्रौटाको खानेकुरा संस्कृतिमा नयाँ रंग भर्ने लक्ष्य लिएको होटेल सन्चालकले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu