Connect with us
Kapilvast Forest

भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु

२०८२, ३२ श्रावण शनिबारमा प्रकाशित

हेटौंडा-

मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ ।आज शनिबार बिहान पौने ६ बजेको समयमा एक्कासी बिरामी भएका चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख सुवास पौडेलले अनलाइनखबरलाई बताए ।उनलाई ६ स् ५५ मिनेटमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जेलर पौडेलले बताए ।

उनकाअनुसार दुलालको मृत्युको कारण खुलिसकेको छैन । अस्पतालमा शवको पोष्टमार्टम हुन लागेकाले त्यसपछि मात्रै कारण पत्ता लाग्ने उनको भनाइ छ ।५०० जनाभन्दा बढी कैदीबन्दी राखिएको कारागारको ञकझ ब्लकमा बस्दै आएका मृतक दुलाललाई बिहान ५स्४० मा श्वासप्रश्वासमा समस्या आएको थियो । तत्काल उनलाई कारागारको स्वास्थ्यकर्मीको टोलीले प्राथमिक उपचार गरेपछि सामन्य सुधार देखिएको जेलर पौडेल बताउँछन् ।

सुधार भएपछि उनी नुहाउन भनेर ५ स् ५० बजे बाथरूम गएका थिए । त्यसको एक मिनेटमै गम्भीर भएका थिए । बाथरूममै लडेरका दुलाललाई अचेत अवस्थामै हेटौंडा अस्पताल पठाइएको कारागारका प्रशासक पौडेलले बताए । ञहामीले तत्कालै प्राथमिक उपचार गरेका हौं । बाथरूममा लडेपछि हेटौंडा अस्पताल लग्यौं । हिजो बेलुका पनि कैदीबन्दीको स्वास्थ्य अवस्थाको चेकजाँच र त्यहाँको समग्र अवस्थाबारे निरीक्षण गरेका थियौं । सबै ठिकठाक थियो,आज बिहानै यो घटना भएको होझ, उनले भने ।

मृतक दुलाल चितवन जिल्ला अदालतबाट १० माघ २०७८ मा जर्वजस्तीकरणी मुद्दामा दोषी ठहर भएर १० वर्ष कैद सजाय भोगी रहेका थिए । उनी भीमफेदी कारागारमा १३ साउन २०७९ मा आएको जेलर पौडेलले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu