Connect with us
Kapilvast Forest

पत्रकार महासंघ कपिलवस्तुद्धारा तीज मिलन कार्यक्रम सम्पन्न

२०८२, ३ भाद्र मंगलवारमा प्रकाशित

कपिलवस्तु
नेपाल पत्रकार महासंघ कपिलवस्तुले तीज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ । महासंघको आयोजना र कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका पत्रकार महिलासंगै विभिन्न संघसंस्थाका प्रतिनिधी तथा प्रहरीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य निशा गहतराजले पत्रकार महिलाहरूले पेसागत जिम्मेवारीसँगै सांस्कृतिक दायित्व पनि पुरा गरेको बताउदै यस्ता कार्यक्रमले महिलाको सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।

कार्यक्रममा परम्परागत दर खाने व्यवस्था, सांगीतिक प्रस्तुति तथा महिला पत्रकारहरूबीच आपसी संवादले मेलमिलाप र सम्बन्ध सुदृढ हुने विश्वास गरिएको छ । यस्ता कार्यक्रमले महिलाहरूबीच नेतृत्व विकास, आत्मबल वृद्धि र सामाजिक उत्तरदायित्वप्रति जागरुकता ल्याउने अपेक्षा गरिएको छ । कार्यक्रम विष्णु अधिकारी भुषालको अध्यक्षता र पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष दिपा महतको संचालनमा भएको हो । कार्यक्रममा विना आचार्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सहसचिव सरला सुवेदी तथा प्रदेश सदस्य सरिता थारु अतिथिका रूपमा सहभागी हुनु भएको थियो ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले हरेक वर्षजसो तिजको अवसरमा यस्ता कार्यक्रम गर्दै आएकोमा यस वर्षको कार्यक्रम थप भव्य, सहभागितामूलक र अर्थपूर्ण भएको सहभागीले बताएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu