मिर्जा रास्वपाको केन्द्रीय सदस्यमा चयन
न्युज सेन्टर नेपाल-
कपिलवस्तु — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कपिलवस्तुका युवा नेता मिर्जा रासिद बेगलाई केन्द्रीय जनसम्पर्क विभागको सदस्य पदमा चयन गरेको छ ।
हालै मात्र पार्टी प्रवेश गरेका बेगलाई छोटो समयमै केन्द्रीय तहको जिम्मेवारी दिइएको हो । रास्वपाको केन्द्रीय जनसम्पर्क विभागको बैठकले बेगलाई सदस्य पदमा मनोनीत गरेको रास्वपाका केन्द्रीय महामन्त्री कबिन्द बुर्लाकोटीले जानकारी दिनुभयो ।
महामन्त्री बुर्लाकोटीका अनुसार संगठन विस्तार र जनस्तरसँगको सम्पर्क मजबुत बनाउन युवा पुस्तालाई अगाडि ल्याउने रणनीतिअनुसार बेगलाई जिम्मेवारी दिइएको हो ।
सदस्यमा मनोनीत भएपछि बेगले पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै आफूलाई दिइएको भूमिकालाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पार्टीका नीति तथा विचारलाई जनस्तरसम्म पु-याउन सक्रिय रहने बताउनुभयो ।
बेग यसअघि सामाजिक, शैक्षिक र युवामुखी गतिविधिमा संलग्न रहँदै आएका थिए । स्थानीयस्तरमा विभिन्न अभियानमार्फत परिचित व्यक्तित्वका रूपमा स्थापित उनीलाई रास्वपाले अब केन्द्रीय तहमा जिम्मेवारी दिएको हो ।
विश्लेषकहरूले रास्वपाको यो निर्णयलाई लुम्बिनी प्रदेश र विशेषगरी कपिलवस्तुमा पार्टीको प्रभावलाई सुदृढ बनाउन योगदान गर्ने कदमका रूपमा लिएका छन् ।