हज आवेदन खुल्ला गरेका छौ : हजसदस्य शाकिर शाह
काठमाडौं– नेपाल हज समितिका शाकिर अहमद शाहले सन २०२६ (हिजरी १४४७) का लागि हज यात्रु छनोट प्रक्रिया शुरु गरेको बताउनु भएको छ ।
साउदी अरब सरकारले तोकेको कोटाअनुसार यस वर्ष नेपालबाट १,२०० जना मुस्लिम धर्मावलम्बीले हज यात्रा गर्ने अवसर पाउने भएको सदस्य शाहले बताउनु भयो ।
साउदी अरबको मक्का मदिनामा हज गर्नका लागि सम्पूर्ण मुस्लिम समुदायलाई सदस्य शाहले आह्वान गर्नुभयो ।
शाहले कुनै पनि सुझाव, सल्लाह,आवेदन भर्दा आउने समस्या समाधान तथा कुनै जानकारीको लागि आफ्नो सम्पर्क नं 9857055000 मा सम्पर्क गर्न अनुरोध गर्नुभयो ।
शाहका अनुसार इच्छुक व्यक्तिले नेपाल हज समितिको वेबसाइट (nepalhajj.moha.gov.np) बाट आवेदन फाराम डाउनलोड गरी तोकिएका कागजातसहित आफ्नो जिल्ला प्रशासन कार्यालयमा बुझाउन सक्नेछन् । आवेदन दिने मिति २०८२ भदौ ६ गतेदेखि २०८२ असोज २० गतेसम्म तोकिएको छ ।
हजमा सहभागी हुन चाहनेले नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी (एमआरपी वा ई–पासपोर्ट), हालसालै खिचिएका पासपोर्ट साइज फोटो, कोभिड–१९ विरुद्धको खोप कार्ड, वैवाहिक प्रमाणपत्र र हज शुल्कको पहिलो किस्ताको भुक्तानी प्रमाण पेश गर्नुपर्नेछ ।
पहिलो किस्ताको रूपमा तोकिएको एक लाख पचास हजार रुपैयाँ नेपाल राष्ट्र बैंक पुल्चोक शाखामा रहेको नेपाल हज समितिको खातामा जम्मा गर्नुपर्नेछ ।
बाँकी रकम तोकिएको समयसीमा भित्र बुझाउनुपर्ने समितिले जनाएको छ । समितिले थप जानकारीका लागि सम्पर्क नम्बर ०१–५९११९५०/५१ वा इमेल nepalhajj@gmail.com प्रयोग गर्न सकिने समितिले जनाएको छ ।
