Connect with us
Kapilvast Forest

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा खान सम्मानित 

२०८२, ७ भाद्र शनिबारमा प्रकाशित

कपिलवस्तु–  सशस्त्र प्रहरी बल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयले आफ्नो आठौं स्थापना दिवस विशेष समारोह भव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका जनसम्पर्क सल्लाहकार एवम् जसपा कपिलवस्तुका जिल्ला अध्यक्ष समाजसेवी मोहम्मद इरफान खान सशस्त्र प्रहरी महानिरीक्षक तथा संगठन प्रमुख राजु अर्यालबाट विशेष सम्मान प्राप्त गर्नुभएको छ ।

खानलाई प्रदान गरिएको सम्मान केवल व्यक्तिगत योगदानको कदर मात्र नभई सुरक्षा निकाय र समाजबीचको सहकार्यलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका खान शिक्षादेखि स्वास्थ्य, आपत्कालीन सहयोगदेखि विपद् व्यवस्थापनसम्म विविध क्षेत्रमा जनताको साथमा खडा हुने व्यक्तित्वका रूपमा चिनिनुहुन्छ ।

कार्यक्रममा बोल्दै महानिरीक्षक अर्यालले समाज र सुरक्षाबलबीचको सम्बन्ध सुदृढ भए मात्र राष्ट्र बलियो हुने उल्लेख गर्दै समाजसेवी व्यक्तिहरूको योगदानलाई संगठनले सधैं कदर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्मान ग्रहणपछि खानले आफूलाई प्रदान गरिएको सम्मान सुरक्षाबल र समाजबीच सहकार्य र साझेदारीको कडीलाई अझ मजबुत बनाउन प्रेरणा भएको बताउनुभयो ।

उहाँले “सुरक्षा निकाय मात्रले समाज सुरक्षित बनाउन सक्दैन, नागरिक समाज र अग्रणी व्यक्तिहरूको हातेमालो अपरिहार्य हुन्छ,” भन्दै भविष्यमा अझ प्रभावकारी रूपमा समाजसेवामा समर्पित रहने प्रतिबद्धता जनाउनुभयो ।

स्थापना दिवसको कार्यक्रममा प्रदेशका उच्च अधिकारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, उद्योगी–व्यापारी तथा विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो । कार्यक्रममा संगठनले सुरक्षाबलको इतिहास, उपलब्धि र आगामी योजनाबारे जानकारी समेत प्रस्तुत गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu