जनता प्रतिको दमन सह्य हुदैन : अध्यक्ष वलिउद्दिन
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको मायादेवी गाउपालिका अध्यक्ष वलिउद्दिन मुसलमानले चाकरचौडामा स्थानीयले गरेको कार्यप्रती समर्थन जनाएका छन । अध्यक्ष मुसलमानले जनताले आजित भएर प्रहरीलाई घेराऊ गरेको कार्य न्यायसंगत भएको बताएका छन ।
अध्यक्ष मुसलमानले भने “जबजब प्रशासनले सर्बसाधारणलाई दमन गर्छ जनतालाई हैरान परेसान गर्छ तबतब जनता, सामाजिक अगुवा , युवा जमात आफ्नो हकहित सम्मानको लागी दमनको बिरुद्ध लडछन ।”
उहाले प्रशासन अनुशासित भएनन भने जनता सडकमा आउने बताउनु भयो ।
सम्बन्धित निकायले दोषीलाई करवाही गरोस आम जनमानसमा प्रहरी प्रति बिस्वास आओस ।
अध्यक्षले घाइतेहरुलाई सिघ्र स्वास्थ लाभको कामना गर्दछु भनेर लेखेका छन ।
अध्यक्ष मुसलमानले घाईतेको सम्पूर्ण उपचारको जिम्मा प्रहरी प्रशासनले लिनुपर्ने, सीमा क्षेत्रमा हुने सास्ति र ज्यादति रोक्नुपर्ने भनाई राख्नु भयो ।
जनता प्रतिको यस्ता प्रकारको दमन नरोकिए सिंगो मायादेवी गाउँपालिका आन्दोलित बन्ने अध्यक्ष मुसलमानले चेतावनि दिनुभयो ।
विहिबार कपिलवस्तुको मायादेवी गाउँपालिका ४ स्थित सीमा सुरक्षा बल चाकलचौडामा स्थानीयले सशस्त्र प्रहरी माथी आक्रमण गरेका थिए ।
आक्रमणमा परी ४ जना घाइते भएका थिए । घाइते हुनेमा मायादेवी ४ नेपाली काङ्ग्रेसको बुथ इकाई सभापति लल्कु मुसलमानलाई सशस्त्र प्रहरीको लाठीमा गम्भीर घाइते भएको हुन् । अन्य एक जनाको हाथ भाचिएको छ । बाकी ४ जना समन्य घाइते भएका थिए ।
विहिबार बेलुका ६:४० बजे स्थानीयले सशस्त्र प्रहरी विट माथी आक्रमण गरेका थिए ।
डीएसपी हरि बहादुर गुरुङ यसको मुख्य नाइके रहेको स्थानीयको भनाई । उनले नै लाठी गरेको आरोप लगाएका छन ।
सहस्त्र प्रहरीले नेपाल भारत आवतजावत गर्ने यात्रुहरूबाट रकम लिएको, मलखादमा कडाई गरेको लगायतका आक्रोश पुग्दै स्थानीयले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका हुन् ।
स्थानीयहरू आक्रोश भएर सिमा क्षेत्रमै रहेको बिटलाई तोडफोड गरेका थिए । केही दिन पहिले बीओपी चाकलचौडाका स्थानीय र सशस्त्र प्रहरीबीच सामान्य विवाद भएको थियो ।