Connect with us
Kapilvast Forest

जसपाले फेरि गर्‍यो दुई मन्त्री फेर्ने प्रस्ताव

२०८२, ८ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं –

जनता समाजवादी पार्टीले सरकारमा सहभागी दुई मन्त्रीहरू फेरबदल गर्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पठाएको छ । अध्यक्ष अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको निर्णय भन्दै पत्र पठाएका थिए ।तर, प्रधानमन्त्रीले त्यसअनुसार मन्त्रिपरिषद् पुनर्गठन भने गरेका छैनन् । मन्त्री नफेरेपछि जसपाले प्रधानमन्त्रीसँग ताकेता गर्न थालेको छ ।जसपाले खानेपानीमन्त्री प्रदीप यादवको स्थानमा वीरेन्द्र महतो र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीको ठाउँमा रञ्जु झालाई पठाउनेगरी निर्णय गरेको हो । शनिबार बसेको पार्टीको बैठकमा फेरि यो कुरा उठेको हो ।

बैठक स्रोतका अनुसार, शनिबार बैठकमा मन्त्रीहरूलाई राजीनामा दिन भनिएको छ । पार्टीभित्रको सहमति अनुसार गत वैशाखमै उनीहरूको एक वर्षे समयावधि सकिएको र त्यसपछि बजेटसम्म पर्खिने भन्दै उनीहरू पदमै रहेको विषयमा कुराकानी भएको थियो ।बजेट पास भएपछि पनि उनीहरूले पद नछाडेकोले शनिबारको बैठकमा उनीहरूलाई छोड्न पुनस् ताकेता गरिएको हो ।मन्त्री बन्ने सूचीमा रहेका जसपा नेपालका नेता वीरेन्द्र महतोका अनुसार, सरकारमा सहभागी हुने बेलामै पार्टीमा एक वर्षमा मन्त्री फेरबदल गर्ने भन्ने सहमति थियो ।

त्यही सहमति अनुसार अहिले समयावधि पुगेकाले फेर्न लागिएको उनको भनाइ छ ।‘सरकारमा जाने बेलामा नै एक वर्षमा फेर्ने भन्ने पार्टीको सहमति हो । सम्माननीयज्यूकोमा पत्र गइसकेको छ । कहिले औपचारिकता पाउँछ सम्मानीयज्यूको हातमा छ,’ महतोले  भने ।महिलामन्त्री नवलकिशोर साह सुडीले आफूहरूलाई बदल्नेबारे कुनै जानकारी नआएको बताए । ‘मन्त्री बनाउने कुरा पार्टी र प्रधानमन्त्रीमाथि निर्भर रहन्छ,’ उनले भने, ‘मलाई यसबारे केही जानकारी आएको छैन ।’

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसकै पनि मन्त्रीहरू फेरबदलको चर्चा चलिरहेको छ । तर, मन्त्री फेर्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएसँग प्रधानमन्त्री ओलीले पुनर्गठन अघि बढाएका छैनन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu