Connect with us
Kapilvast Forest

बागलुङ दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकोप्टबाट काठमाडौं ल्याइयो

२०७६, १७ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं : बागलुङ दुर्घटनामा परी गम्भीर घाइते भएका तीनजनालाई काठमाडौंको शिक्षणा अस्पतालमा ल्याइएको छ। दुर्घटनामा परी १४ जनाको मृत्यु भएको थियो।

तीनजना गम्भीर घाइते भएकोमा पूर्वमन्त्री तथा सांसद गोकर्ण विष्टसहितको टोलीले घाइतेलाई काठमाडौं ल्याएको हो।  गुल्मीको इस्मा गाउँपालिकाबाट कुलपुजाको लागि बागलुङको निसिखोला जाँदै गरेको जीप दुर्घटना भएको खबरलगत्तै घाइतेहरूको उद्धार तथा  उपचारको व्यवस्थाका लागि विष्ट नेपाली सेनाको हेलिकोप्टर लिएर वुर्तिबाङ पुगेका थिए।

गम्भीर घाइते अवस्थामा रहेका तीनजनालाई थप उपचारका लागी  काठमाडौको शिक्षण अस्पतालमा ल्याइएको हो। मंगलबार बडिगाड गाउँपालिका-७ भिङगिठे घोपर्नामा जीप दुर्घटना भएको हो। गुल्मी ईस्माबबाट बुर्तिवाङतर्फ जाँदै गरेको ग. १ ज ५२१९ नम्बरको जीप बडीगाड खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक झविन्द भट्टराईले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu