Connect with us
Kapilvast Forest

फलाहारी बाबा बहुमुखी क्याम्पसमा हरितालिका तीजको सुभकामना आदानप्रदान कार्यक्रम

२०८२, १० भाद्र मंगलवारमा प्रकाशित

‎भदौ १०
निजामुद्दीन तेली :कपिलवस्तुको फलाहारी बाबा बहुमुखी क्याम्पसमामा नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान तथा तीज विशेष कार्यक्रम स्ववियुको आयोजनामा सम्पन्न भएको छ। तिज पर्वको साँस्कृतिक महत्त्व विषयमा अन्तरक्रिया गरि तिजमिलन कार्यक्रम मनाइएको हो।

‎स्ववियु सभापति विष्णु यादव को अध्यक्षता क्याम्पस संचालक समितिका अध्यक्ष श्यामसुन्दर चौधरीको प्रमुख अतिथियतामा र क्याम्पस प्रमुख सूर्यलाल कसौधन विशिष्ट अतिथिता कार्यक्रम सम्पन्न भएको छ ।

‎कार्यक्रममा विद्यार्थीहरुबाट नेपालको लोकधुन नृत्य कविताको माध्यमवाट लैंडिक हिंसा बिरुद्ध र समाजिक विकृति, महिला। पुरुष बीचको विभेदको विरुद्धमा प्रस्तुति गरिएको थियो। क्याम्पस प्रमुख सूर्य लाल कसौधनले एकआपसमा समझदारी भएपछि सामाजिक स‌द्भाव कायम हुनुको साथै हिंसा र द्वन्द्व न्यूनीकरण हुँदै जाने उनको भनाइ राख्नु भएको थियो छ।

‎प्रमुख अतिथि श्यामसुन्दर चौधरी ले पनि शुभकामना दिदै तिज पर्वलाई आफ्नो मौलिकता झल्किने गरि नाचगान गर्नेपर्ने बताउँदै आफ्नो महासंस्कृतिलाई जगेर्ना गर्न परम्परागत रीतिरिवाजमा सबैले लाग्नुपर्नेमा अध्यक्ष चौधरीले ने जोड दिए।

‎यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम अध्यक्षता गरेको स्ववियु सभापति विष्णु यादवले तीज नेपाली नारीहरूको महान पर्वको रुप रहेको छ। हरितालिका तीजको सुरुवात वैदिक सनातन धर्म संग सम्बन्धित रहेको छ भन्दै। हिन्दु धर्म अनुसार माता पर्वतीले भगवान् शिव जी लाई प्राप्त गर्न निरजल व्रत राख्नु भएको थियो। त्यही बेला देखि विवाहित महिलाले आफ्नो श्रीमान् दीर्घायुको कामना गर्दै व्रत बसछिन् भने अविवाहित दिदी बहिनी आफ्नो इच्छा, कामना पूरा होस् भनी भगवान शिव जी पुजा अर्चना गरेर खुब धुमधामले नाच गान गरेर मनाउने परम्परा रहेको छ। कार्यक्रमबारे स्व.वि.यु सचीव सब-ई प्रचण्ड मिश्रले जानकारी दिएका छन।


Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu