Connect with us
Kapilvast Forest

भत्ता लिन्न भन्ने मेयरले बुझे सुटुक्क ४९ हजार

२०८२, ९ भाद्र सोमबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले आफू तलब बाहेक एक सुको नलिने भनेर गरेको उद्घोष अहिले “झुटको उद्घोष” सावित हुन थालेको छ ।

शिवराज नगरपालिका कार्यालय दिएको जानकारी अनुसार थापाले आर्थिक वर्ष २०८०/८१ मा ५१ हजार र गत आर्थिक वर्ष २०८१/८२ मा ४९ हजार रुपैयाँसम्म भत्ता बुझिसकेका छन ।

कार्यपालिका बैठक, विनियोजन समिति र विधेयक समितिको बैठकमा सहभागी भएको नाममा उनले भत्ता लिएका तथ्यांक सार्वजनिक भएपछि स्थानीयवासी स्तब्ध बनेका छन ।

जनतासँग पारदर्शिता र सदाचारको नारा लगाएर नेतृत्वमा पुगेका थापा आफैंले उद्घोषको धज्जी उडाउँदै प्रत्येक बर्ष ५० हजारको दरले भत्ता बुझ्दै आएको खुलेको छ ।

स्थानीय बासिन्दाका अनुसार “जनतासँग भत्ता नलिने भनी आश्वासन दिने, तर कार्यालयबाट हजारौँ भत्ता बुझ्ने मेयर नैतिकताहीन होइनन् र ?”

यसअघि बजेटको दुरुपयोग, आफन्तलाई फाइदा हुने ठेक्का तथा कार्यक्रम सञ्चालन, विवादित दर खाने कार्यक्रम जस्ता घटनाले थापाको आलोचना बढाइरहेको बेला फेरि भत्ता प्रकरण सार्वजनिक भएपछि उनको राजनीतिक चरित्र अझै शंकास्पद बनेको छ ।

शिवराज नगरपालिकामा सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको भाषण गर्ने मेयर थापा आफैं आलोचनाको चक्रव्यूहमा फस्दा नागरिकले व्यंग्य गर्दै भनेका छन् —“थापाजी, उद्घोष होइन— भत्ता नै प्रेम हो !”

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu