Connect with us
Kapilvast Forest

साढे ११ हजार कैदीबन्दी अझै फरार

२०८२, २७ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं

साढे ११ हजार कैदीबन्दी अझै फरार भएका छन् ।देशभरका २६ वटा कारागारबाट भागेकामध्ये केही कैदीबन्दी कारागार फर्किए पनि अझै ११ हजार ४६१ कैदीबन्दी फरार नै रहेको कारागार व्यवस्थापन विभागका निर्देशक चामेन्द्र न्यौपानेले बताए ।

२६ कारागारबाट १२ हजार ८१७ र बाल सुधार गृहबाट ९६२ गरी १३ हजार ७७९ कैदीबन्दी फरार भएका थिए । ति मध्ये पक्राउ र आफैं फर्कनेको संख्या २ हजार ३१८ रहेको न्यौपानेले बताए ।

जेनजीको आन्दोलन उग्र बनेपछि २४ भदौमा कारागार तोडफोड र आगजनी गर्दै कैदीहरू फरार भएका थिए । सन तस्करका नाइके चुडामणि उप्रेती ‘गोरे’देखि अपहरणकारीका नाइके भारतीय नागरिक उदय सेट्टीसम्म फरार भएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu