Connect with us
Kapilvast Forest

कपिलवस्तुमा दस्तरखान फेम्ली रेस्टुरेन्ट एन्ड लजको उद्घाटन

२०८२, ३ आश्विन शुक्रबारमा प्रकाशित

पुनहरी घिमिरे कपिलवस्तु –
कपिलवस्तुको शिवराज नगरपालिका–५ बालापुर मोडमा नयाँ दस्तरखान फेम्ली रेस्टुरेन्ट एन्ड लज संचालनमा आएको छ । प्रदेश सभा सदस्य माननीय अर्जुन कुमार केसीले आज एक विशेष कार्यक्रमका बीच उक्त रेस्टुरेन्ट एन्ड लजको उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी, व्यापारी,पत्रकार , राजनीतिकर्मी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै माननीय केसीले यस क्षेत्रको पर्यटकीय सम्भावना र व्यावसायिक अवसरलाई थप विस्तार गर्न यस्तो रेस्टुरेन्ट एन्ड लजले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर १ का वडाअध्यक्ष खिम बिक्रम केसी ,वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेलबासे नेकपा माओवादी केन्द्रका नेता दिनेश पुन,रहिश साह रास्वपा नेता रशिद मिर्जा ,जसपा नेपाल का युवा नेता अक्रम पठान लगायत को सहभागिता रहेको थियो ।

रेस्टुरेन्टका सञ्चालक रसिद शाहले सेवाग्राहीलाई स्वादिष्ट खाना, पारिवारिक वातावरण र सुविधा सम्पन्न लज तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले यस व्यवसायले स्थानीयलाई रोजगारी सिर्जना गर्नुका साथै पर्यटकलाई आकर्षित गर्ने विश्वास पनि व्यक्त गर्नुभयो।
उद्घाटन समारोहमा विभिन्न वक्ताहरूले दस्तरखान फेम्ली रेस्टुरेन्ट एन्ड लजको सफलताको शुभकामना व्यक्त गर्दै स्थानीय आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu