Connect with us
Kapilvast Forest

कपिलवस्तुको विजयनगरमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण

२०८२, २० आश्विन सोमबारमा प्रकाशित

कपिलवस्तुको विजयनगर गाउँपालिका–७, झुलानियामा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा विजयनगर वडा नं ७ का अध्यक्ष राम समारे धोबीको अध्यक्षतामा तथा राष्ट्रिय जनमोर्चा कपिलवस्तुका जिल्ला सचिव के.एस. अदै (केर सिंह अदै) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि अदैले जनमोर्चाको वर्तमान राजनीतिक दृष्टिकोण, तत्कालीन राजनीतिक परिस्थिति र पार्टीको नीति तथा कार्यक्रमबारे प्रकाश पार्नुभयो ।

उहाँले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको संरक्षण तथा संघीयता खारेज नै वर्तमान राजनीतिक निकास भएको स्पष्ट पार्नुभयो। साथै, उहाँले चाडपर्वहरूलाई खर्चिलो र भड्किलो शैलीमा नभई सामाजिक सद्भाव र सरलतासँग मनाउन आग्रह गर्दै विजयादशमी, दीपावली र छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य त्रिवेणी कुर्मी, गाउँपालिका अध्यक्ष गोविन्द परिवार, र सदस्य सूर्यबहादुर जिसीले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य नागराज योगीले गर्नुभएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj