Connect with us
Kapilvast Forest

प्रदेशस्तरीय खुल्ला कराते प्रतियोगिता–२०८२ को तयारी पूरा

२०८२, २२ आश्विन बुधबारमा प्रकाशित

कपिलवस्तु
बुद्धशक्ति कराते डोजोको आयोजनामा यहि असोज २४ र २५ गते कपिलवस्तुको चन्द्रौटामा हुन लागेको प्रदेशस्तरीय खुल्ला कराते च्याम्पियनसिप–२०८२ का लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।

बुधबार चन्द्रौटामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै आयोजक समितिका संयोजक रामु सुनारले प्रतियोगिता भव्य र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आवश्यक सबै तयारी पूरा भएको बताए।

उनका अनुसार खेलकुदमार्फत युवालाई अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा प्रोत्साहित गर्ने उद्देश्य यो प्रतियोगिताको मुख्य लक्ष्य रहेको छ।

कार्यक्रमका प्रशिक्षक नवराज पौडेलले प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाबाट करिब ७०० खेलाडी सहभागी हुने जानकारी दिए। उनले थपे, “यो प्रतियोगिताले प्रदेशभरका खेलाडीबीच आपसी मैत्री सम्बन्ध बढाउने र आगामी राष्ट्रिय प्रतियोगिताका लागि उत्कृष्ट प्रतिभा छनोट गर्ने अवसर पनि प्रदान गर्नेछ।”

दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा कुमिते विधामा प्रतिस्पर्धा हुने जनाइएको छ। खेलाडीहरूलाई विभिन्न उमेर समूह र तौल वर्गका आधारमा प्रतिस्पर्धामा सहभागी गराइनेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu