Connect with us
Kapilvast Forest

अरनिको १६औं वार्षिक साधारणसभा सम्पन्न

२०८२, ३० आश्विन बिहीबारमा प्रकाशित

कपिलवस्तु

कपिलवस्तु चन्द्रौटामा रहेको अरनिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ । साधारणसभाका प्रमुख अतिथि प्रदेशसभा सदस्य अर्जुन केसी रहनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता संस्था अध्यक्ष द्रोण प्रसाद अधिकारीले गर्नुभयो भने सञ्चालन सचिव नवराज न्यौपानेले गर्नुभएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष कमला डुम्रेले सहकारीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा सहकारीका सदस्यहरू, स्थानीय समाजसेवी, विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सभामा विगत वर्षको उपलब्धि, आगामी वर्षका योजना तथा सदस्यहरूको सुझावबारे विस्तृत छलफल गरिएको थियो ।

सहकारीले विगतका वर्षहरूमा आर्थिक पारदर्शिता र सदस्य हितमा केन्द्रित कार्य गर्दै आएको जनाएको छ । आगामी वर्षमा सेवा विस्तार र सदस्य सशक्तिकरणका कार्यक्रमहरू सञ्चालन गर्ने योजना सहकारीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu