Connect with us
Kapilvast Forest

प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ: बडाल

२०८२, ३० आश्विन बिहीबारमा प्रकाशित

नेकपा एमालेका केन्द्रीय सदस्य रमेश बडालले संसद् पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् । बुधबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

पूर्वमहान्यायाधीश समेत रहेका बडालले यसअघि विघटन भएका संसद्का नजीरका आधारमा पनि प्रतिनिधिसभा पुनर्स्थापना हुनसक्ने बताए । ‘नजिरहरूको आधारमा प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ । हुन त एउटै नजिरले काम गर्दैन,’ उनले बैठकमा आफ्ना कुरा राख्ने क्रममा भने, ‘पछिल्लो विघटन र त्यसमा भएका नजिरको आधारमा पुनर्स्थापना हुन्छ ।’

एमालेले संसद् विघटन असंवैधानिक भएको भन्दै त्यसको विरुद्धमा आफ्ना औपचारिक धारणा राख्दै आएको छ । अदालतमा संसद् विघटनविरुद्ध ९ वटा रिट दर्ता भइसकेका छन् । एमालेले उक्त रिट निवेदनहरूमा पार्टीको समर्थन रहने जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu