Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवराज–३ खरेन्द्रपुरमा वृक्षारोपण

२०८२, २ कार्तिक शनिबारमा प्रकाशित

पुनहरी घिमिरे

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुर चोकदेखि महाराजगन्ज सडकखण्डमा बृहत वृक्षारोपण गरिएकाे  छ।

वृक्षारोपण कार्यक्रमअन्तर्गत सडकको बीचमा रहेको डिभाइडरमा ९० वटा धुपी र २४ वटा पामसहित कुल १२४ वटा फुलका बिरुवा रोपिएको नगरप्रमुख अजय थापाले जानकारी दिनुभयो। उहाँले वातावरण संरक्षण र सहरको सौन्दर्य अभिवृद्धिमा यस्तो अभियानले ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटाले वृक्षारोपण कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै रोपिएका बिरुवाको संरक्षणमा खरेन्द्रपुरवासी सक्रिय रहन आग्रह गर्नुभयो। उहाँले खरेन्द्रपुरलाई हराभरा र स्वच्छ बनाउन वडा कार्यालय निरन्तर प्रयासरत रहने प्रतिबद्धता पनि जनाउनुभयो।

खरेन्द्रपुर क्षेत्रलाई हराभरा र सौन्दर्यपूर्ण बनाउने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, शिक्षक, कर्मचारी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, पत्रकार लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu