एकै पटक ठाेकिए ७ वटा गाडी
मुग्लिन-नारायणगढ सडकमा ७ वटा गाडी एकआपसमा ठोक्किएका छन् ।
मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत गाईघाटखण्डमा आज बिहान बस र ट्रकसहित ७ वटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा परेर चालक घाइते भएका छन् । उनीहरूको भरतपुरमा उपचार भइरहेको छ ।
एक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि अरु गाडी पनि दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।