कपिलवस्तुमा २ सय २६ बोरा डिएपी मल बरामद
अनिल अधिकारी-
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १० स्थित मेचकुरीमा प्रहरीले छापा हानि खोज तलासी गर्ने क्रममा कुल २ सय २६ बोरा अनुदानको डिएपी मल बरामद गरेको छ।
नेपाल प्रहरी कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यको निर्देशनपछि इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलको नेतृत्वमा गएको टोलीले छापा हान्ने क्रममा विभिन्न चार स्थानमा सो डीएपी मल बरामद गरेको हो ।
बरामद सबै मल व्यापारी सुलेमान मुसलमानको रहेको प्रहरीले जनाएको छ।
प्रहरीले शान्तराम थारुको घरबाट १५८ बोरा दशरथ शाहीको घरबाट २१ बोरा शिला शान्तिको घरबाट ३३ बोरा र सुलेमान मुसलमानको घरबाट १४ बोरा गरी सो मल बरामद गरेको हो।
सो मल कहाँ बुझाउने भन्ने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ।