बहुभाषिक शिक्षण तालिमले सिकाई प्रभावकारी बन्दै
कपिलवस्तु, १७ कार्तिक ।
फरक भाषी शिक्षकको पृष्ठभूमि, नेपाली र अंग्रेजी भाषाको पाठ्यक्रम तर सिकारु विद्यार्थीहरूको भने फरक मातृभाषा भएका कारण सिकाई उपलब्धिमा पर्ने प्रभावलाई न्यूनीकरण गर्न कपिलवस्तुमा एकिकृत पद्धतीमा आधारित बहुभाषिक शिक्षण दिईएको छ। कालिका स्वावलम्बन सामाजिक केन्द्रको आयोजनामा तौलिहवामा सामुदायिक विद्यालय तर्फको (कक्षा १-३) मा अध्यापनरत शिक्षकलाई एकिकृत पद्धतीमा आधारित बहुभाषिक शिक्षण सम्बन्धी पुनर्ताजगी तालिम दिईएको छ। अघिल्लो वर्ष चार दिने आधारभूत तालिममा सहभागी कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका र शिवराज नगरपालिका र रुपन्देहीको मर्चवारी गाउँपालिकाका ३२ शिक्षकलाई पुनर्ताजगी तालिम दिईएको हो। तालिमका प्रशिक्षकले शिक्षक शिक्षीकाहरूलाई तिन दिन सम्म गणितिय सिपहरु, खेल्दै रमाउँदै सिक्दै गर्ने कार्यहरू, शिक्षकमा हुनुपर्ने गुणहरू तथा शिक्षणहरू बाँचको अन्तक्रियाका लागि विभिन्न विधिको प्रयोग गरिएको हो। तालिमलाई बहुभाषिक शिक्षण को अवधारणा, मातृभाषा आधारित शिक्षणका सिद्धान्त र अभ्यास, शिक्षण-सिकाइका रणनीति र प्रविधि, पाठ्यक्रम र पाठ योजनाको अनुकूलन, मूल्यांकन प्रणाली, सामुदायिक सहभागिता र सहयोग र शिक्षकको आत्ममूल्यांकन तथा सुधार योजनामा केन्द्रित भई प्रशिक्षण दिईएको हो। तालिममा सहभागी जिल्लाको महाराजगंज नगरपालिका ८ कठौतिया स्थित श्री जन चेतना सामुदायिक आधारभुत विद्यालयकी प्रधानाध्यापक सिता क्षेत्रीले विद्यार्थी बहुभाषिक रहे पनि नेपाली भाषामा पाठ्यपुस्तक अवस्थामा भाषिक समस्या निदानका लागि बहुभाषिक शिक्षण तालिम उपलब्धीमुलक रहेको बताईन। प्रारम्भिक कक्षाका विद्यार्थीहरूका लागि शिक्षण गर्ने शिक्षकले तालिम लिंदा विद्यार्थीको सिकाई उपलब्धि प्रभावकारी बनाउन सहयोग मिल्नेमा उनले विश्वास व्यक्त गरिन।
तालिममा सहभागी शिक्षकहरूले बहुभाषिक तालिम र सो को पुनर्ताजगी तालिम लिए सँगै आफूहरूमा भाषिक र सांस्कृतिक संवेदनशीलता वृद्धि भएको, मातृभाषा-आधारित शिक्षण सीप हासिल भएको, बहुभाषिक कक्षाकोठा व्यवस्थापनमा सहयोगी भएको, शिक्षण सिकाइ विधि र प्रविधिको प्रयोगको वातावरण तयार भएको, सिकाइ मूल्यांकन क्षमता बढेको, पाठ योजना र सामग्री विकास क्षमता वृद्धि भएको, सामुदायिक सम्वन्ध विस्तार सगै आत्ममूल्यांकन तथा निरन्तर सुधारका लागी प्रयत्न गर्न आत्मबल मिलेको बताए। अध्यापन गराउने शिक्षक फरक भाषाको पृष्ठभुमीको र पाठ्यक्रम भने नेपाली र अग्रेजी तथा नेपाली भाषामा रहनु तथा सिकारु विद्यार्थीको मातृभाषा फरक हुदाँ सिकाईमा बिभिन्न समस्या आउने गरेको तालिममा सहभागी जिल्लाकै शिवराज न.पा. बिसुनपुर स्थित श्री बाल ज्योती मा.वि.का शिक्षक महेन्द्र बहादुर शाहीले बताए। तर बहुभाषिक तालिम र सो को पुनर्ताजगी तालिमले फरक मातृभाषाका विद्यार्थीलाई तिनको मातृभाषाकै माध्यमबाट पाठ्यक्रमले राखेका सिकाई उपलब्धि प्रभावकारी बनाउन सहयोग मिल्ने बताए। ब्रिटिस काउन्सिलको प्राविधिक सहयोग, युनिसेफ, सोमी फिनल्याण्ड र युरोपियन युनियनको आर्थिक सहयोगमा कालिका स्वाबलम्बन सामाजिक केन्द्रले सञ्चालन गरेको गुणस्तरीय सिकाईका लागि विद्यालय क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानिय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको हो। रूपन्देहीको मर्चवारी र कपिलवस्तुको महाराजगंज तथा शिवराज नगरपालिकाका ९० जना शिक्षकलाई बहुभाषिक शिक्षण सम्बन्धि पुनर्ताजगी तालिम दिइएको हो। शिक्षकलाई शिक्षणमा पर्ने भाषागत समस्या समाधानका बिधि र सिप सिकाउनका लागि पुनर्ताजगी तालिमले भूमिका खेल्ने प्रशिक्षक युवराज तिवारीले बताए। गुणस्तरीय सिकाईका लागि (कक्षा १-३) काबालबालिकाहरुको आधारभुत सिकाई र गणित सिप विकासका लागि शिक्षण सुधार गर्ने उद्देश्यका साथ पुनर्ताजगी तालिम आयोजना गरिएको कार्यक्रम व्यवस्थापक हरिचन्द्र चौधरीले जानकारी दिए। कार्यक्रम अन्तर्गत विद्यालय शिक्षा क्षेत्र योजना अन्र्तगत लुम्बिनी प्रदेशका ७ वटा जिल्लाका २७पालिकामा योजना निर्माण पुरा भएको जनाईएको छ। ३ पालिकाका ६० शिक्षकलाई बहुभाषिक शिक्षण तालिम र पुनर्ताजगी दिईएको जनाइएको छ। उता रोल्पा नगरपालिका र शिवराज
नगरपालिकाका ३० शिक्षकलाई बालबिकास सम्बन्धी तालिम दिइएको छ। बृहत बिद्यालय सुरक्षा अन्तर्गत शिवराज नगरपालिकाको १५ विद्यालयमा बृहत विद्यालय सुरक्षा व्यवस्थापन समिति गठन र अभिमुखीकरण गरि सो पालिकाको पालिकास्तरीय योजना (डिपीआरपी) निर्माण पुरा भएको छ भने विद्यालयस्तरको योजना निर्माणको चरणमा रहेको छ।
जिल्लाको शुद्धोधन गाउँपालिका र शिवराजनगर पालिकामै सिकाई क्षति अपूरण तथा द्रुत सिकाई योजना (रियल प्लान) अन्र्तगत शिक्षकलाई
१० स्थानमा तालिम दिईएको कार्यकम व्यवस्थापक चौधरीले बताए। बाँके जिल्लाको नरैनापुर, कपिलवस्तुको कपिलवस्तु नगरपालिकाका वैकल्पिक शिक्षा कार्यकम अन्र्तगत विद्यालय बाहिर रहेका ८ देखी १४ बर्ष उमेर समूहका किशोरीलाई ६ महिले वैकल्पिक शिक्षा कक्षा सञ्चालन गरिएको छ। कार्यक्रममा समन्वयकारी भुमिका खेलेको शिक्षा तालिम केन्द्र भैरहवाका प्रमुख दिवाकर भण्डारी र शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख लोकनाथ मरासिनीले तालिमले शिक्षण सिकाई उपलब्धी वृद्धिमा सहयोग पुग्ने बताए ।