Connect with us
Kapilvast Forest

दबाङ्गी वनका अध्यक्ष रेग्मीले भने “अख्तियारको पत्रले कुनै लछारपाटो लाग्दैन” -भिडियो

२०८२, १९ कार्तिक मंगलवारमा प्रकाशित

अख्तीयारका पत्रले कुनै लछारपाटो लाग्दैनः अध्यक्ष रेग्मी
कपिलवस्तु-
कपिलवस्तुको नवप्रभात सामुदायिक वनका अध्यक्ष डिल्लीराज रेग्मीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पत्रहरूलाई ठाडै चुनौती दिएका छन् ।

उनले ठोकुवा गर्दै अख्तीयारका पत्रले कुनै लछारपाटो नलाग्ने बताएका छन् । उनले वनको १५ औ साधारण सभामा उपभोक्ताको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।
उनले आफ्ना गतिविधिहरु अख्तीयारमा पुगेको बताए ।

सामुदायिक वनलाई हेर्ने अख्तीयारको दृष्टि दिनानुदिन बढ्दै गएको बताए । अध्यक्ष रेग्मीले बर्षमा १ सय वटा पत्रहरु आएता पनि जवाफ दिन तयार रहेको बताए ।

९ सय ९९ उपभोक्ता भएको वनका उपभोक्तालाई मुद्धा मामिलाका बाटाहरु नरोज्न आग्रह गरेका छन् । उपभोक्ताहरुलाई उनले समितिले कति भत्ताखायो कार्यालयमा आएर हेर्न भने ।

उनले खिसिट्युरी गर्दै मिडियाले प्रचार गरेर केही नहुने बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu