Connect with us
Kapilvast Forest

कपिलवस्तुमा २ सय १८ बोरा भारतीय युरिया मल बरामद

२०८२, २६ कार्तिक मंगलवारमा प्रकाशित

न्युजसेन्टर नेपाल– कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका–७ मर्यादपुर सिमानाका नजिकै अवैध रूपमा भित्र्याइएको २ सय १८ बोरा भारतीय युरिया मल बरामद गरिएको छ ।

विशेष सूचनाको आधारमा सुठौली भन्सार कार्यालय र सशस्त्र प्रहरी बल बीओपी डंगरीको संयुक्त टोलीले मर्यादपुरस्थित पश्चिमपट्टि रहेको एक बगैंचाबाट सो मल बेवारिसे अवस्थामा फेला पारेको हो ।

भन्सार कार्यालयका प्रमुख किरण बिष्टका अनुसार बगैंचामा छोपेर राखिएको अवस्थामा फेला परेको भारतीय युरिया मल नियन्त्रणमा लिएर सुठौली भन्सार ल्याइएको छ ।

यद्यपि सशस्त्र प्रहरी बल सिमानाकामै तैनाथ हुँदाहुँदै पनि तस्करलाई पक्राउ गर्न नसकिएको विषयमा स्थानीयहरूले प्रश्न उठाएका छन् । तस्करहरूले सामान नेपाल भित्र्याइसकेपछि मात्रै बरामद हुने प्रचलनले सीमाक्षेत्रको सुरक्षाप्रति शंका पैदा गरेको उनीहरूको भनाइ छ।

सिमानाका क्षेत्र हुँदै भारतीय युरिया मल तस्करी हुने क्रम रोकिएको छैन, जसले सरकारी राजस्व नोक्सानका साथै स्थानीय बजारमा अव्यवस्था निम्त्याइरहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu