पेट्रोलियम एशोसिएशनद्वारा स्व. हाजी कलामप्रति श्रद्धाञ्जली अर्पण
कपिलवस्तु–
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन परिवारले स्वर्गीय हाजी अब्दुल कलाम खानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। कपिलवस्तुको कृष्णनगर निवासी खानको जन्म २०१० साल मंसिर २६ गते भएको थियो भने २०८२ साल कात्तिक २८ गते उहाँको निधन भएको थियो।
एशोसिएशनको कार्यसमिति टोली स्वर्गीय खानको निवास कृष्णनगर पुगेर श्रद्धाञ्जली अर्पण गरेकाे हो। कार्यक्रममा उपस्थित कार्यसमिति सदस्यहरूले सदस्य मोहम्मद असलम खान, पेट्रोलियम व्यवसायी इस्लाम खान र अकरम खान पठानका पिताश्रीप्रति गहिरो सम्मान व्यक्त गर्दै स्व. खानको निधनले पेट्रोलियम व्यवसायिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका थिए।
परिवारजन तथा आफन्तहरूले स्व. खानलाई अनुकरणीय, सरल, मेहनती तथा समाजसेवी व्यक्तित्वका रूपमा सदैव सम्झिरहिने बताए।
दुखद घडीमा एशोसिएशन परिवारले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै आत्माको चिरशान्तिको कामना गरेको छ।
वक्ताहरूले स्व. खानले व्यापारिक क्षेत्रमा देखाएको इमानदारिता, सद्भाव र सामाजिक सेवा भाव नै भावी पुस्ताका लागि प्रेरणास्रोत रहेको उल्लेख गरेका थिए।




