Connect with us
Kapilvast Forest

जेनजीसँग वार्तापछि सामान्य बन्दै सिमरा

२०८२, ७ मंसिर शनिबारमा प्रकाशित

बाराको सिमरामा जेनजी युवा र एमालेका कार्यकर्ताबीच झडप भएपछि अवस्था सामान्य बन्दै गएको छ।
जेनजी युवा र जिल्ला सुरक्षा समितिसँगको वार्ता पछि आन्दोलनका कार्यक्रम स्थगित भएका छन्।
जेनजी युवाहरूले घटनाका योजनाकारलाई कारबाही र घाइतेको निःशुल्क उपचारको माग गरेका छन्।
बारा । बुधबार बाराको सिमरामा जेनजी युवा र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू बिच भएको झडप पश्चात् अशान्त बनेको सो क्षेत्र शनिबारदेखि सामान्य बन्दै गएको छ ।

बुधबार र बिहीबार सडक अवरोध गरी विरोध प्रदर्शन गरेका जेनजी युवा र जिल्ला सुरक्षा समिति बाराबिच शुक्रबार साँझ भएको वार्तासँगै हाल अवस्था सामान्य बन्दै गएको हो ।

भाद्र २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकारले शक्तिको चरम दुरुपयोग गरी युवाहरूको हत्या गरेको र सो घटनामा संलग्न तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई कानुनी रूपमा कारबाही गर्नु पर्ने माग राखी शान्तिपूर्ण प्रदर्शनी गर्दै गरेको जेनजी समूहलाई एमाले निकट नेता तथा कार्यकर्ताहरू हातपात गरेपछि झडप भएको बारा जिल्ला जेनजी युवा संयोजक सम्राट् उपाध्यायले जानकारी दिए ।

शुक्रबार साँझसम्म बसेको वार्तामा जेनजी युवाहरूले विभिन्न ६ बुँदे माग राखेका छन् । सो घटनामा घटाउने योजनाकारलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने, जेनजी घाइतेलाई निःशुल्क उपचार गर्नु पर्ने, तात्कालिक जिल्ला प्रहरी प्रमुख लगायतलाई कारबाही गरिनु पर्ने उनीहरूको माग छ ।

सो विषयमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लगायत अन्य सुरक्षा निकाय र जेनजी समूहको सहमति भएसँगै सोमबारसम्मका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगन गरिएको छ ।

आन्दोलनका कार्यक्रमहरू फिर्तासँगै शनिबार बिहानैबाट बारा सिमरा क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । स्थानीयहरू बिहानै देखि आफ्नो काममा व्यस्त देखिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu