Connect with us
Kapilvast Forest

किसानको पीडा : सधैँ बजारको अभाव

२०८२, ११ मंसिर बुधबारमा प्रकाशित

दाङ –

दंगीशरण गाउँपालिकाका किसानहरू पछिल्लो समय तरकारी खेतीमा आकर्षित हुँदै गएका छन्। तर, बजार अभावका कारण उनीहरूलाई तरकारी बिक्री गर्न समस्या हुने गरेको छ। गाउँपालिकाका विभिन्न ठाउँमा तरकारी सङ्कलन केन्द्र र हाटबजारका लागि संरचना बने पनि प्रयोगमा नआएपछि किसानहरू बिहानै एक / दुई बजे उठेर तुलसीपुर बजारसम्म तरकारी बेच्न जान बाध्य छन्।

गाउँपालिकाका ७ वटा वडामा एक हजार एक सय नौ किसान तरकारी खेतीमा संलग्न छन्। १२ जना मौरीपालन, ४ जनाले च्याउ र ७ जनाले फलफूल खेती गर्दै आएका छन्। चखौरा, रावतगाउँ , हेकुली लगायत ठाउँका किसानहरूले आफ्नै जग्गासँगै भाडामा जमिन लिएर पनि खेती गर्दै आएका छन्। तर, सबै किसानलाई बिक्री गर्नको लागि समस्या रहेको उनीहरूको गुनासो छ।

दंगीशरण–३ चखौराकी किसान मञ्जु चौधरी गाउँपालिकामा तरकारी सङ्कलन केन्द्र र हाटबजारका लागि संरचना बने पनि प्रयोगमा नआएपछि आफूहरू बिहान २ बजे उठेर तरकारी लिएर करिब १० किलोमिटर दूरीमा रहेको तुलसीपुर बजार जानु पर्ने बाध्यता रहेको बताइन्। उनका अनुसार गाउँपालिकामा हाट बजार सञ्चालन भए आफूहरू सहज हुने थियो।

यस्तै अर्की किसान रामकली चौधरीले पनि आफूहरूलाई तरकारी बेच्न समस्या हुने बताइन्। गाउँ मै हाट बजार सञ्चालन गर्न सके आफूहरू बिहानै तुलसीपुर बजार तरकारी बेच्न जानु पर्ने अवस्था नहुने उनको धारणा थियो। उनले भनिन्,‘गाउँ मै हाट बजार सञ्चालन गर्ने भनेर संरचनाहरू पनि बनेका छन्, एक पटक सञ्चालन पनि भएको थियो, तर, त्यसपछि सञ्चालन हुन सकेको छैनन्।’ यस्तै उनले बिहानै गाडीमा तरकारी बेच्न जाँदा मान्छे, तरकारीको भाडा लाग्ने भन्दै गाउँ मै हाटबजार सञ्चालन हुन सकेमा एक / दुई रुपैयाँ कममा दिन सकिने समेत बताइन्।

उनका अनुसार तुलसीपुर बजार जान र आउन उत्तिकै समस्या हुन्छ। फेरि बजारमा पनि भने जस्तो मूल्य पाउँदैन, धेरै किसानहरू बेच्न आउने भएकाले प्रतिस्पर्धा नै हुन्छ। यदि समय मै बिक्री भएन, भने कम मूल्यमा पनि दिएर आउनु पर्ने बाध्यता रहन्छ। गाउँमा आफू जस्ता धेरै किसानहरूले यस्तै समस्या भोग्दै आएको उनको भनाइ छ। उनका अनुसार चखौरा गाउँमा, बागरमा र गाउँपालिकामा हाट बजारको लागि संरचनाहरू बनेका छन्।

गाउँपालिकाको केन्द्र हेकुलीमा लुम्बिनी प्रदेश सरकारको १९ लाख ३६ हजार बढि रुपैयाँ लागतमा कृषि उपज सङ्कलन केन्द्र बनेको छ। तर, लामो समयदेखि प्रयोगमा नआएर यो भेडाबाख्रा चराउने थलो बनेको छ। आर्थिक वर्ष २०८०/ ८१ को महालेखा परीक्षण प्रतिवेदनले पनि यस विषयमा टिप्पणी गरेको छ। गाउँपालिकाको कृषि विकास शाखा प्रमुख सरु भुसालका अनुसार किसानहरूको चासो नहुँदा ढिलाइ भएको भए पनि चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

दंगीशरण २ मा हाम्रो राजकोट सहकारी संस्थाले केही समयदेखि महिनाको एक पटक हाट बजार सञ्चालन गर्दै आइरहेको र अन्य किसानहरूको लागि कृषि उपज सङ्कलन केन्द्र गाउँपालिका नजिकै निर्माण भएको उनले बताइन्। यो सञ्चालन गर्नको लागि व्यवस्थापन समिति गठन गरेको भन्दै उनले किसानहरूलाई नजिकको बजार तुलसीपुर पर्ने भएकाले पनि यो व्यवस्थापनमा समस्या भएको बताइन्।

उनले भनिन्,‘हामीले यो सञ्चालन गर्नको लागि व्यवस्थापन समिति नै बनाएका छौँ। तर, किसानहरूले उत्पादन गरेको तरकारीहरु तुलसीपुर बजार, रगैजा बजारमा आफै बेच्न लैजानु हुन्छ, र तत्काल पैसा लिनु हुन्छ। जसले गर्दा पनि यहाँ हाट बजार सञ्चालन गर्न समस्या रहेको छ। ’ यस्तै गाउँपालिकामा १४५ कृषि समुह रहेको र गाउँपालिकाबाट विभिन्न तालिम, अनुदान दिँदै आइरहेको उनको भनाइ छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu