Connect with us
Kapilvast Forest

प्रहरी महानिरीक्षक कार्कीद्वारा शान्ता सम्मानित

२०८२, १७ मंसिर मंगलवारमा प्रकाशित

कपिलवस्तु–
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमार्फत उत्कृष्ट सेवा प्रवाह गर्दै आएकी कपिलवस्तुमा कार्यरत प्रहरी हवलदार शान्ता खत्रीलाई नेपाल प्रहरीका महानिरीक्षक (IGP) दान बहादुर कार्कीको हातबाट सम्मान प्रदान गरिएको छ।

लैङ्गिक हिंसा न्यूनीकरण, पीडितमैत्री सेवा, नागरिक सहायता तथा जिम्मेवारी पालनामा उच्च सक्रियता देखाउँदै उल्लेखनीय योगदान पुर्‍याएको मूल्यांकन गर्दै खत्रीलाई सम्मानित गरिएको हो ।
नेपालभरिबाटै प्रहरी संगठनका विभिन्न समूहगत छनोट अन्तर्गत शान्ता खत्री दोस्रो भएकाले शान्तालाई समानित गरिएको नेपाल प्रहरी हेडक्वाटरले जनाएको छ ।

सम्मान कार्यक्रममा IGP कार्कीले खत्रीको कार्य उत्साह, अनुशासन र सेवाभाव नेपाल प्रहरीको पहिचान मजबुत बनाउन महत्वपूर्ण भएको उल्लेख गर्दै निरन्तर प्रभावकारी सेवा जारी राख्न प्रेरित गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत हवलदार खत्रीले विशेष जिम्मेवारीका क्षेत्रमा दिगो प्रभाव पार्दै आएकोमा प्रहरी संगठनले उच्च प्रशंसा व्यक्त गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj