Connect with us
Kapilvast Forest

रुपन्देहीमा १७ वर्षीय युवकको वीभत्स हत्या

२०८२, ४ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं –

रुपन्देहीमा १७ वर्षीय युवकको वीभत्स हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार कञ्चन गाउँपालिका वडा नम्बर ३ धौलागिरीचोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शव फेला परेको हो।जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार बिहीबार साँझ हत्या गरिएको अवस्थामा ईशानको शव नालीमा फेला परेको जानकारी दिए।

‘टाउकोमा प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ। प्रहरीले उक्त घटनामा संलग्नहरूको खोजी गरिरहेको छ,’ क्षेत्रीले भने।प्रहरीका अनुसार मृतक युवा बुधवार साँझ ८ बजेदेखि सम्पर्कविहीन रहेका थिए।खोजी गर्दै जाँदा बिहीबार साँझ करिब ६ बजे तिर स्थानीयले नालीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।प्रहरी उपरीक्षक क्षेत्रीले घटनास्थल वरपरको क्षेत्रलाई घेराबन्दी गरी अनुसन्धान तीव्र पारिएको र स्थानीयसँग सोधपुछ भइरहेको बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj