Connect with us
Kapilvast Forest

शेखर काेइराला भन्छन् : हामी निर्वाचनको मिति कुरेर बसेका छौँ

२०८२, ४ पुष शुक्रबारमा प्रकाशित

काठमाडाैं –

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन्।आफ्नो निर्वाचन क्षेत्र मोरङ-६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका-४ का स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रको जग निर्वाचन भएकाले आफूहरू जान आतुर रहेको बताए ।  ‘संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो’, नेता कोइरालाले भने, ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौं।तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ ।’

सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको काेइरालाकाे बुझाइ छ। ‘दलका केही नेतालाई काठमाडौं बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन्।यसबारेमा सरकारले के सोचेको छ ? उनले प्रश्न गरे ।नेता कोइरालाले निर्वाचनका लागि जुट्न पनि पार्टी पङ्तिलाई निर्देशन दिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu