Connect with us
Kapilvast Forest

झुठो विवरणबाट नागरिकता दिलाउने वडाध्यक्ष पक्राउ

२०८२, १४ पुष सोमबारमा प्रकाशित

सर्लाही –

प्रहरीले सर्लाहीको मलङ्गवा नगरपालिका –७, का वडाध्यक्ष मोहम्मद इशा मिकरानीलाई आइतबार पक्राउ गरेको छ।मिकरानीलाई नागरिकतासम्वन्धी कसूर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए। वडाध्यक्ष मिकरानीले रामविश्वास रायलाई झुठो विवरणको आधारमा नागरिकता दिलाएको कसुरमा अनुसन्धानका लागि प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको हो।

मिकरानीविरुद्ध आइतबार नै सर्लाही जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी राईले बताए। झुठो विवरणको आधारमा नागरिकता जारी भएको विषयमा वडाध्यक्ष मिकरानीको समेत संलग्नता रहेकाले पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले गएको बैशाख २२ गते नै निर्देशन दिएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu