२४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
काठमाडौं –
पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झन्डै २४ घण्टापछि खुलेको छ ।ग्यास बुलेट पल्टिएका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । मंगलबार बिहान करिब ७:५० बजेदेखि राजमार्ग ठप्प थियो । मुख्य राजमार्ग बन्द हुँदा विकल्पको रुपमा सवारी साधनहरु लामो र घुमाउरो ग्रामिण सडक प्रयोग गर्न बाध्य भएका थिए ।
