Connect with us
Kapilvast Forest

भीमफेदी-कुलेखानी सडकमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

२०८२, २० पुष आईतवारमा प्रकाशित

मकवानपुर –

मकवानपुरको भीमफेदी-कुलेखानी सडकखण्डमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी पुष्कर बोगटीका अनुसार आइतबार भीमफेदी गाउँपालिका-६ जुरिखेतमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो।

‘६ जनाको मृत्यु भएको छ। पहिचान खुल्न बाँकी छ,’ उनले भने।साँझ सवा ५ बजेतिर जुरिखेतमा काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना.१ज १७७८ नं.को जिप दुर्घटनामा परेको थियो।

जिप सडकबाट १०० मिटर तल खोल्सामा खसेको थियो।सुमोमा सवार ९ जनालाई उद्धार गरी हेटौंडा अस्पताल लगिएको थियो। त्यसमध्ये ६ जनाको मृत्यु भएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj