Connect with us
Kapilvast Forest

लुम्बिनीमा ‘सिल्क रोड म्युजिक एण्ड डान्स’सम्पन्न

२०८२, २१ पुष सोमबारमा प्रकाशित

लुम्बिनी– लुम्बिनीमा सांस्कृतिक सद्भाव र अन्तर्राष्ट्रिय मैत्रीको सन्देश बोकेको ‘सिल्क रोड म्युजिक एण्ड डान्स’ सम्पन्न भएको छ ।लुम्बिनी बौद्ध विश्वविद्यालयस्थित कन्फ्युसियस इन्स्टिच्युटको सहकार्यमा सम्पन्न भएको कार्यक्रमको सुरुआत भारतीय बलिउड नृत्यमा गरिएको थियो ।

त्यसपछि चिनियाँ शास्त्रीय नृत्य, हान–ताङ राजवंशीय नृत्य, युनान डोङजिङ प्राचीन संगीतको बाँसुरी एकल प्रस्तुति तथा जस्ता सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । यस कार्यक्रममा ब्याचलर इन टिचिङ चाइनिज टु स्पिकर अफ अदर ल्याङगोज अध्ययनरत लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीहरूले चिनियाँ गीतमा आधारित शास्त्रीय नृत्य प्रस्तुत गर्दै चिनियाँ भाषा र संस्कृतिप्रतिको आफ्नो समर्पण र सिर्जनात्मक क्षमताको उत्कृष्ट प्रदर्शन गरे ।

कार्यक्रममा नेपाली परम्परागत वज्र नृत्य ‘पाँच तारा’ प्रस्तुत गरिएको थियो, जसको कोरियोग्राफी प्रसिद्ध कलाकार राजु शाक्यले गरेका थिए । यस प्रस्तुतिले नेपाली बौद्ध सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर ग¥यो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रो.डा. सुबर्णलाल बज्राचार्य तथा रजिस्ट्रार डा. तिलक राम आचार्यले मन्तव्य दिएका थिए । कार्यक्रमहरूले चीन, नेपाल र भारतबीचको सांस्कृतिक मैत्री, आपसी समझदारी र बौद्ध सभ्यताको साझा मूल्यलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रमले सिल्क रोड सभ्यताको सांस्कृतिक निरन्तरता, बौद्ध कला र नृत्यमार्फत अन्तर्राष्ट्रिय मित्रता तथा शान्तिको सन्देश प्रवाह गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu